Logo

कति छ शनिबार, विदेशी मुद्राको विनिमय दर ?



काठमाडौं, ५ असोज । आज २०८१ साल असोज ५ गते शनिबार सन् २०२४ सेप्टेम्बर २१ तारिखका लागि नेपाल राष्ट्र बैङ्कले विदेशी मुद्राको विनिमय दर तोकेको छ।

निर्धारित दरअनुसार अमेरिकी डलरको भाउ एकको खरिदर १३३ रुपैयाँ ४१ पैसा र बिक्रीदर १३४ रुपैयाँ ०१ पैसा कायम भएको छ।

यस्तै, युरोपियन यूरोको आजको मूल्य एकको खरिदर १४८ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४९ रुपैयाँ ५४ पैसा कायम भएको छ भने अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ७८ पैसा र बिक्रीदर ९१ रुपैयाँ १९ पैसा निर्धारण गरिएको छ।

क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ २९ पैसा र बिक्रीदर ९९ रुपैयाँ ७३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपैयाँ २१ र बिक्रीदर १०३ रुपैयाँ ६७ पैसा कायम भएको छ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ २४ पैसा र बिक्रीदर नौ रुपैयाँ २८ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९१ पैसा र बिक्रीदर १८ रुपैयाँ ९९ पैसा कायम छ।

राष्ट्र बैङ्ककानुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७१ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७६ पैसा कायम भएको छ। थाई भाट एकको खरिददर चार रुपैयाँ ०४ पैसा र बिक्रीदर चार रुपैयाँ ०६ पैसा कायम छ। साथै युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४९ पैसा रहेको छ।

मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८७ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ९८ पैसा र बिक्रीदर १० रुपैयाँ ०३ पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ०७ पैसा र बिक्रीदर १३ रुपैयाँ १३ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ९६ पैसा र बिक्रीदर २० रुपैयाँ ०५ पैसा छ।

हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ १२ पैसा र बिक्रीदर १७ रुपैयाँ २० पैसा, कुवेती दिनार एकको खरिददर ४३७ रुपैयाँ २० पैसा र बिक्रीदर ४३९ रुपैयाँ १७ पैसा छ भने बहराइन दिनार एकको खरिददर ३५४ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ६१ पैसा कायम भएको छ।

प्रतिक्रिया दिनुहोस्