Logo

कनकाईको प्रमुखमा एमालेका पोखरेल पुन: निर्वाचित, उपमेयरमा शिवाकोटी विजयी



 

झापा, ४ जेष्ठ । कनकाई नगरपालिकाको प्रमुखमा पुनः राजेन्द्र कुमार पोखरेल निर्वाचित भएका छन् । उपप्रमुखमा भने आशा शर्मा शिवाकोटी निर्वाचित बनेकी छिन् ।

नेपाल कम्युनिष्ट पार्टी(एमाले)बाट उम्मेदवार बनेका पोखरेल ८६७३ मत प्राप्त गर्दै नगरप्रमुखमा निर्वाचित बनेका हुन् । नेपाली कांग्रेका तर्फबाट उम्मेदवार बनेका रुद्रप्रसाद चिमरियाले ६६६१ मत प्राप्त गरे भने स्वतन्त्र उम्मेदवार शेरवहादुर थापाले ५६९१ मत प्राप्त गरे । थापा नेपाली कांग्रेस परित्याग गरी स्वतन्त्र उम्मेदवार भएका थिए । कनकाई नगरपालिकाको मेयर पदका लागि दावी गर्दै पोखरेलसहित सात जनाको उम्मेदवारी रहेको थियो ।

यता उपप्रमुखमा नेपाली कांग्रेसबाट उम्मेद्वार बनेकी शिवाकोटीले १०७१३ मत प्राप्त गर्दै निर्वाचित बनेकी छिन् । नेकपा एमालेबाट उम्मेदवार बनेकी मञ्जु प्रसाईले ८८४५ मत प्राप्त गरिन् ।

प्रतिक्रिया दिनुहोस्