झापा, ६ चैत । बिर्तामोडस्थित कन्काई आदर्श क्याम्पसको स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघको प्यानल नै विजयी भएको छ ।
अनेरास्ववियु र राप्रविसंको संयुक्त प्यानलका तर्फबाट अध्यक्ष बनेका गणेश न्यौपाने (पुकार)लाई ६४० मतको फराकिलो अन्तरले पराजित गरी नेविसंघका गुरुङ प्यानलसहित निर्वाचित भएका हुन् ।
नेविसंघका गुरुङले ७६५ मत ल्याउँदा न्यौपानेले मात्र १२५ मत पाएका छन् ।
त्यस्तै सचिवमा विमल कट्टेल ७०६ ,कोषाध्यक्षमा सम्पदा पोख्रेल ७५३ तथा सदस्यहरुमा साजन लिम्बू ७६९, इशान ओली ७५४, रोशन कार्की ७७५, दिव्यकला कार्की ७६१, कुशल खनाल ७५०, मनिष कोइराला ७३८, विधान लिम्बू थेवे ७४२ र रोहित काफ्लेले ६९३ मत ल्याएर विजयी भएका हुन् ।
त्यस्तै बुद्धशान्तिस्थित सीतारमेश बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा अनेरास्ववियुका प्रदीप बर्देवा निर्वाचित भएका छन् ।
उनले ३३ मतान्तरले जित हासिल गरेका हुन् । बर्देवाले २०६ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्द्वी नेविसंघका विवेक कार्कीले १७३ मत प्राप्त गरेका छन् ।
त्यस्तै सचिवमा अनेरास्ववियुका अशोक भण्डारी विजयी भएका छन् भने कोषाध्यक्षमा नेविसंघका सन्तहाङ लिम्बू विजयी भएका हुन् ।