Logo

कन्काई, कोशी र बागमतीकाे बहावले खतराको तह पार गर्‍यो



झापा, १९ असोज । लगातारको वर्षाले कोशी, कन्काई र बागमती नदीको वहावले खतराको तह पारे गरेका छन्।

नेपाल बाढी सूचनाका अनुसार आइतबार बिहान ६ बजे कोशी, कन्काई, बागमतीसँगै सहायक नदीको बहाव खतराको तह पार गरेका हुन्।

कन्काई नदीको जलसतह खतरा लेभलमा पुगेपछि गौरीगञ्ज र झापा गाउँपालिकाका जोखिमपूर्ण ठाउँका मानिसहरुलाई सुरक्षित स्थानमा सार्न थालिएको छ ।

जोखिममा पर्न सक्ने मानिसहरुलाई सशस्त्र र नेपाल प्रहरीको टोली, स्थानीय जनप्रतिनिधि र नागरिक अगुवाहरुको सहयोग र सहकार्यमा सुरक्षित ठाउँमा राखिएका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताउनुभयो ।

बाढी र डुबान हुने भएकाले आइतबार साँझसम्म उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ।

प्रतिक्रिया दिनुहोस्