Logo

कन्चनजंघा स्कुलका सञ्चालक शिक्षासेवी गुरुभक्त न्यौपानेको निधन



झापा, ३० साउन । बिर्तामोडका शिक्षासेवी गुरुभक्त न्यौपानेको ६६ वर्षको उमेरमा निधन भएको छ ।

कन्चनजंघा अंग्रेजी आवासीय माध्यमिक विद्यालयका संस्थापक प्राचार्य न्यौपानेको आज बिहान ७:४० बजे निधन भएको हो । उहा केही समयदेखि अस्वस्थ रहनुभएको थियो ।

बीएण्डसी अस्पतालमा भर्ना गरिएका न्यौपानेलाई हिजो घर ल्याइएको थियो । विभिन्न शिक्षण संस्थामा अध्यापन गरेका न्यौपानेले शैक्षिक क्षेत्रमा ठूलो योगदान दिनुभएको छ।

उहा दुर्गा माध्यमिक विद्यालयका प्रधानाध्यापक र विराट ज्योति अंग्रेजी माविका संस्थापक प्रिन्सिपल रहनुभएको थियो । उहाले जिल्लाका विभिन्न विद्यालयमा छात्रवृतिका अक्षय कोष स्थापना गरिदिनुभएको थियो ।

उहाको आजै १२:३० बजे विद्यालय परिसर बाट शब यात्रा निकालीने र कन्काइ माइमा अन्त्यष्टी गरीने जानकारी दिईएको छ।

 

प्रतिक्रिया दिनुहोस्