Logo

कपडा उद्योगबाट लागुऔषधसहित चार जना पक्राउ



धनगढी, १७ माघ । धनगढीको एक कपडा उद्योगबाट लागुऔषधसहित चार जना पक्राउ परेका छन् ।

मंगलवार बिहान धनगढी उपमहानगरपालिका-३ चटकपुरस्थित गौरीशंकर अल्लो कपडा उद्योगबाट ११ केजीभन्दा बढी लागुऔषधसहित चार जनालाई समातिएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार दार्चुलाको नौँगाड गाउँपालिका-२ स्थायी घर भएका उद्योगका सञ्चालक ३४ वर्षीय नरेन्द्रसिंह धामीले सञ्चालन गरेको उद्योगबाट ११ केजी ९०० ग्राम लागुऔषध बरामद गरिएको हो ।

जिप्रका कैलालीको टोलीले उद्योग सञ्चालक धामीसहित दार्चुलाको नौँगाड-२ का २० वर्षीय रुकुमसिंह धामी, बझाङ केदारस्यु-७ का ४२ वर्षीय धनबहादुर धामी र बाजुराको स्वामीकार्तिक-२ घर भई कैलालीको बर्दगोरिया-४ बस्ने ३५ वर्षीय धनलाल कामीलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्