काठमाडौँ, २६ साउन । काठमाडौँको कपनमा रहेको खहरे खोला खन्न काठमाण्डौ महानगरपालिकाले डोजर चलाएको छ ।
कपनमा माथिबाट छोपिएको खहरे खोला खन्न काठमाडौँ महानगर र बूढानीलकण्ठ नगरपालिकाबीच आज सहमति भएको हो ।
महानगरले बिहीवार नै डोजर चलाउन खोजेको थियो । तर खोला खन्ने विषयमा बूढानीलकण्ठका जनप्रतिनिधि र स्थानीयले विरोध गरेपछि महानगरको टोली पछि हटेको थियो ।
आज चावहिलमा रहेको नापी कार्यालयमा नक्सासहित दुवै पक्षको उपस्थितिमा बसेको बैठकमा खहरे खोला खोल्ने विषयमा सहमति भएको हो । सहमतिपछि काठमाडौँ महानगर-७ र बूढानीलकण्ठ नगरपालिका-१० को सिमानामा पर्ने खहरे खोला खोल्न अहिले दुई वटा डोजर प्रयोग भइरहेको छ ।







