Logo

कपनमा आगलागी: तीन जनाको मृत्यु



काठमाडौँ, ६ असोज । काठमाडौँको कपनमा रहेको लसुनटारको एक घरमा आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ ।

काठमाडौँको बूढानीलकण्ठ नगरपालिका-११ कपनको लसुनटारमा बुधबार बेलुकी पौने ७ बजेतिर आगलागी हुँदा तीन जनाको मृत्यु भएको हो । ज्यान गुमाउनेको पहिचान भने खुल्न सकेको छैन ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले पौने सात बजेदेखि लागेको आगो नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सक्रियतामा निभाइएको जानकारी दिए ।

आगलागी के कारणले भयो भन्नेबारे अहिलेसम्म खुल्न नसकेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्