Logo

कपनमा भएको आगलागीमा मृत्यु भएका तीन जनाको पहिचान खुल्यो



काठमाडौँ, ६ असोज । काठमाडौँको कपनमा भएको आगलागीमा मृत्यु भएका तीन जनाको पहिचान खुलेको छ ।

ताप्लेजुङ घर भएका २७ वर्षका कासाङ तेञ्जी शेर्पा, सङ्खुवासभा घर भइ सुकेधारा बस्ने अशोक राई र काठमाडौँ महानगरपालिका वडा नं २६ रानीबारी बस्ने २५ वर्षका छेवाङ शेर्पाको ज्यान गएको काठमाडौँ प्रहरीले जनाएको छ ।

ज्यान गुमाएकाको शव शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । आगलागीमा एक जना घाइते भएका छन् । घाइतेको उद्धार गरी चुनिखेलमा रहेको करुणा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्