Logo

कमलको अध्यक्षमा कांग्रेसका राई र उपाध्यक्षमा एमालेकी न्यौपाने निर्वाचित



झापा, ९ जेष्ठ । झापाको कमल गाउँपालिकाको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले उम्मेदवार निर्वाचित भएका छन् ।

गाउँपालिका अध्यक्षमा कांग्रेसका हुकुमसिंह राई तथा उपाध्यक्षमा एमालेकी प्रमिला न्यौपाने निर्वाचित भएका हुन् ।

राईले निकटतम् प्रतिद्वन्द्वी एमालेका भीमप्रसाद राईलाई ३ हजार २ सय १५ मतान्तरले पराजित गरेका छन् । निर्वाचित राईले १२ हजार ८ सय ६८ मत पाए भने पराजित राईले मात्र ९ हजार ६ सय ५३ मत पाएका छन् ।

उपाध्यक्षमा निर्वाचित न्यौपानेले निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका पर्शुराम सुवेदीलाई २ हजार ४ सय ७४ मतान्तरले पराजित गरिन् । न्यौपानेले १० हजार ८ सय ४५ मत पाइन् भने सुवेदीले ८ हजार ३ सय ७१ मत मात्र पाए । अध्यक्षमा पदमा निर्वाचित राई अघिल्लो स्थानीय निर्वाचनमा एमालेकी मेनुका काफ्लेसँग गोला प्रणालीमा पराजित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्