काठमाडौँ, २३ असोज । राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रतिनिधि सभा सदस्य पदका लागि नेकपा एमालेको चुनाव चिह्न सूर्यबाट उम्मेदवारी दिएका छन् ।
थापाले आइतवार मकवानपुर क्षेत्र नम्बर १ बाट सूर्य चिह्नबाट उम्मेदवारी दिएका हुन् ।
एमालेसँग मकवानपुरमा राप्रपा नेपालले तालमेल गर्दा थापाले सूर्य चिह्नबाटै उम्मेदवारी दिनुपरेको हो ।







