बिर्तामोड, ९ असार । बिर्तामोडमा मुख्य कार्यालय रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाको कम्प्युटर तथा प्रविधि सिपको परीक्षा सुरु भएको छ ।
गत जेठ १५ गते आव्हान् गरिएको कर्मचारी आवश्यकता सम्बन्धि विज्ञापनको आधारमा आवेदन दिएका आवेदकहरुको बिर्तामोडको आदर्श ब्याङ्क्केटमा आजबाट परीक्षा सुरु भएको संस्थाका अध्यक्ष भवानीप्रसाद दंगालले जानकारी दिए ।
गत असार ६ गते प्रकाशित सूचनाको रोल नं. अनुसार बिहीबार रोल नं.७९००८००१ देखि ७९००८३१७ सम्मका आवेदकहरुले परीक्षा दिएका छन् भने शुक्रबार रोल नं.७९००८०३१८ देखि रोल नं.७९००८६३४ सम्मका र शनिबार रोल नं.७९००८६३५ देखि रोल नं.७९००८९५१ सम्मकाको विभिन्न सिफटमा परीक्षा सञ्चालन हुने उनले बताए ।