Logo

कम्बोडियाबाट झापा ल्याइयो निराकारको शव



झापा, ७ माघ । कम्बोडियाको आगलागी घटनामा परी मृत्यु भएका विर्तामोड नगरपालिका-१ का निराकार पाण्डेको शव आज झापास्थित निवासमा ल्याइएको छ ।

कम्बोडियाको ग्राण्ड डायमन्ड सिटी होटल एन्ड क्यासिनोमा गत पुस १४ गते राति भएको भीषण आगलागीमा ज्यान बचाउन १२औं तलाको झ्यालबाट हाम्फाल्दा उनको मृत्यु भएको थियो ।

शुक्रबार कम्बोडियाबाट काठमाडौँ ल्याइएको उनको शव आज दिउँसो १२:३० बजेतिर विर्तामोडस्थित निवासमा पुर्‍याइएको हो । युवा व्यवसायी पाण्डे भिजिट भिसामा थाइल्यान्ड र कम्बोडिया गएका उनको मृत्यु भएको थियो । उनको शव निवासमा ल्याइने खबर थाहा पाएर आज बिहानैदेखि पाण्डे निवासमा हजारौं शुभचिन्तकको भीड लागेको थियो।

मृतक पाण्डे विर्तामोड-१ का वडाध्यक्ष अग्नि पाण्डेका छोरा हुन् । आजै कनकाइ माईमा स्व.पाण्डेको अन्त्येष्टि गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्