काठमाडौँ, २२ पुस । सरकारले कम्बोडियामा निधन भएका निराकार पाण्डेको शव ल्याउने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले कम्बोडियामा आगलागीमा परेर निधन भएका पाण्डेको शव ल्याउन लाग्ने खर्चको व्यवस्था गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता विष्णु पौडेलले उनको शव ल्याउन लाग्ने खर्च जति लागे पनि सरकारले व्यहोर्ने बताए ।







