Logo

कम्बोडियामा डुङ्गा डुब्दा तीन चिनियाँको मृत्यु



file photo

कम्बोडिया, ८ असोज । कम्बोडियाको तटमा शनिबार डुङ्गा पल्टिँदा मृत्यु हुनेको सङ्ख्या बढेर तीन पुगेको छ । थप नौ जनालाई भियतनामी जलक्षेत्रबाट उद्धार गरिएको छ भने आठ जना अझै बेपत्ता छन् ।

एकचालीस जना चिनियाँ यात्रु बोकेको डुङ्गा बिहीबार सिहानोकभिलमा दुर्घटनामा परेको थियो ।

कम्बोडियाको प्रेह सिहानोक प्रान्तीय प्रशासनका प्रवक्ता खेआङ फेरोमले एएफपीलाई उद्धार टोलीले शनिबार थप दुई शव फेला पारेको र मृतकको सङ्ख्या तीन पुगेको बताएका छन् । आठ जना अझै बेपत्ता रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्