
कम्बोडिया, २९ असोज । दक्षिणी कम्बोडियाको कान्डल प्रान्तमा क्षमताभन्दा बढी भार बोकेको डुङ्गा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ११ पुगेको छ ।
बिहीबार राति भएको उक्त दुर्घटनाको उद्धार तथा खोज पूरा भएको अधिकारीले शनिबार जानकारी दिएका छन् ।
दुर्घटनाग्रस्त डुङ्गामा दुई जना चालक तथा १३ विद्यार्थीसहित १५ जना सवार थिए । दुर्घटनामा १२ देखि १४ वर्ष उमेर समूहका आठ पुरुष र तीन जना महिलाले ज्यान गुमाएका तथा बाँकीको जीवितै उद्धार गरिएको राष्ट्रिय प्रकोप व्यवस्थापन समितिले जनाएको छ ।







