‘कम्युनिष्टहरू आफ्ना विचार र उद्देश्यहरू छिपाउने कुरालाई घृणाको दृष्टिले हेर्दछन् । उनीहरूले स्पष्टै के घोषणा गरेका छन् भने तमाम विद्यमान अवस्थाहरूलाई बलपूर्वक पल्टाएर नै उनीहरूको लक्ष्य प्राप्त हुन सक्छ । कम्युनिष्ट क्रान्तिको भयले शाषक वर्ग काप्ने गरुन्, सर्वहारा वर्गसँग गुमाउनका लागि हतकडी बाहेक अरु केही छैन, तर जित्नका लागि सारा संसार खडा छन्’ – कम्युनिष्ट पार्टीको घाषणा–पत्र
विश्वको कम्युनिष्ट पार्टीहरूले आफ्नो घोषणा–पत्रमा नै प्रष्टरुपमा भनेको वाक्यलाई सापटी लिने हो भने र यस घोषणा–पत्रको मर्मलाई अध्ययन गर्ने हो भने कम्युनिष्टहरूले बलपूर्वक शाषक वर्गलाई ध्वस्त नपारेसम्म सर्वहारा वर्गका राज्यसत्ता स्थापना हुँदैन ।
यसरी जुन–जुन देशमा कम्युनिष्टहरूले शासन सत्ता सञ्चालन गरिरहेका छन् । ती देशहरूमा भएको सफलता बल प्रयोगकै सिद्धान्तबाट प्राप्त भएका हुन् । त्यसैले भन्न सकिन्छ कि कम्युनिष्ट पार्टी भनेको नै ‘सशस्त्र पार्टी हो’ ।
ठिक यहीनेर माओले के भन्नु भएको छ भने– ‘वस्तुहरूमा अन्तरविरोधको नियम विपरीतहरूको एकताको नियम, प्रकृति र समाजको मूल नियम हो र त्यसैले चिन्तनको पनि मुल नियम हो ।’
यसरी विश्वमा भएको कम्युनिष्ट आन्दोलनको चर्चा गर्ने हो भने हामीले कही न कही बल प्रयोग भएको नै पाउछौँ । चाहे त्यो चीनमा होस् या जर्मनी, रुस या त उत्तर कोरिया, फिलिपिन्स । यसरी भएको बल प्रयोगको सिद्धान्तले पनि के दर्शाउँछ भने नेपालको कम्युनिष्ट आन्दोलनमा बल प्रयोगको सिद्धान्त अनिवार्य छ र यो भोलि पनि निरन्तर हुन जरुरी रहेको छ ।
नेपालको कम्युनिष्ट आन्दोलनको इतिहासमा हामीले के बुझ्न जरुरी छ भने बल प्रयोगको सिद्धान्त अवलम्बन गर्ने तर बीचमा पु¥याएर त्यतिकै छाडिदिने पद्धति हाबी भएको छ । यो नेपालको कम्युनिष्ट आन्दोलन भित्र उब्जिएको भाइरस हो । यसलाई जरैबाट सखाप नपारेसम्म नेपालको कम्युनिष्ट आन्दोलन माथि नउठ्ने देखिन्छ ।
के त्यसो भए नेपालको कम्युनिष्ट आन्दोलनमा बल प्रयोगको सिद्धान्त छोडिएको हो त ? त्यसो भए किन नेपालका जनयुद्ध दिवस, झापा विद्रोह, छिन्ताङ लगायतका दिवसहरू मनाइन्छ ? हो हामीले के बुझ्न आवश्यक छ भने नेपालको कम्युनिष्ट पार्टीहरू भित्रका सत्रुहरूलाई नै सच्चा कम्युनिष्टहरूले नामेट नपारेसम्म आज नेपाली कम्यनिष्ट आन्दोलनले फड्को मार्न निकै कठिन भएको छ ।
नेपालमा कम्युनिष्ट पार्टीको स्थापना भएको ४६ वर्षपछि २०५२ साल फाल्गुण १ गतेबाट जनयुद्धको उद्घोष भएको थियो । जुन कदमको कारणले गर्दा त्यो जनयुद्धमा नेपालमा आमशोषित–पीडित नागरिकहरूले जनयुद्धलाई साथ दिएका थिए । यसले पनि के स्पष्ट छ भने नेपाली जनयुद्धलाई आम न्यायपे्रमी जनताको साथ थियो । यसरी सर्वहारा वर्गले जनयुद्धलाई साथ दिइरहेको अवस्थामा हाम्रै देशमा रहेका बुर्जुवा संसदवादी दलका भरौटेहरूले जनयुद्धलाई हिंसात्मक कार्य मात्र हो भन्दै यसको खण्डन गरिरहेका थिए ।
यसरी सर्वहारा जनता र शोषक वर्गबीचको धु्रवीकरणको कारणले गर्दा जनयुद्धले १० वर्षसम्म सफलता पाइरह्यो । यही बीचमा विभिन्न खालको वादप्रतिवादहरू भएका थिए । जनयुद्धको सुरु गर्दाखेरी नै जनयुद्धको घोषणा गर्ने पार्टीहरू बीच नै बेमेल थियो, जसको कारणले गर्दा विभिन्न कम्युनिष्ट पार्टीहरूको उदय भयो ।
यसै जनयुद्धबाट माओवादी अन्य कम्युनिष्ट पार्टीहरू बीचको एकतापछि मोओवादी आन्दोलनमा ठूल्ठुला फुटहरू भएका छन् । तर, ती फुटहरूपछि माओवादी आन्दोलनले निकै नराम्रो तरिकाको क्षति बेहोर्नु परेको थियो । फलस्वरुप तत्कालीन विद्रोही नेकपा माओवादी चिरा–चिरा भई अहिले माओवादी एकताको सुत्रमा आई रुपान्तरण हुने प्रव्रिmयामा छ ।
यसो हुँदाहुँदै पनि नेपालको कम्युनिष्ट पार्टीहरूको स्थापनाकलादेखि नै रहिआएको परिपाटीले छोड्न सकेन । कस्तो भयो भने कुनै बेला तत्कालीन नेकपा (एमाले) विभाजन भएर बनेको नेकपा (माले) र एमालेले २०५४ सालको संसदीय चुनावका नराम्रोसँग धक्का बेहोर्नु परेपछि एकताको सुत्रमा त आए तर पनि सीपी मैनालीको नेतृत्वमा अझै पनि झापा विद्रोहको नाम लिएर कम्युनिष्ट पार्टीको रुपमा आफूलाई बताइरहेका छन् ।
ठिक त्यसैगरी एकीकृत नेकपा (माओवादी) विभाजन भएपछि बनेको धरैवटा पार्टी एक भए तर पनि अझै जनवादी राज्य सत्ता प्राप्ति र एकीकृत जनक्रान्तिको नारा लिएर जनयुद्धको धाक दिँदै मोहन वैद्य नेतृत्वको नेकपा (व्रmान्तिकारी माओवादी), विप्लव नेतृत्वको नेकपा माओवादी र हेमन्तप्रकाश ओली नेतृत्वको कम्युनिष्ट न्युक्लियस नेपालले आफूलाई सच्चा कम्युनिष्ट पार्टी भएको बताइरहेका छन् ।
यसरी हिजो वर्गीय मुक्तिको लागि जीवन बलिदानी दिन तयार भएको कम्युनिष्ट योद्धाहरू आज व्यक्तिगत प्राप्ति र नातावादको जालोमा रुमलिरहेका छन् । नेपालको कम्युनिष्ट पार्टीहरूको बारेमा कुरा गर्दा अहिलेको राज्य सत्ता सञ्चालनको मुख्य निकायमा कम्युनिष्टहरूको बर्चश्व रहेको छ । तर, तिनै कम्युनिष्टले नेतृत्व गरेको सरकारले जनताको मुक्तिको लागि खै त बोलेको । नेपालको कम्युनिष्टहरूले आज सामन्तिको गुलामी बनिरहेको आभास भइरहेको छ ।
साच्चै नै नेपालको कम्युनिष्ट पार्टीमा किन यस्तो हुने गर्दछ त यसको बारेमा पनि केही कुरा जान्न जरुरी छ । विश्वमा नभएका कम्युनिष्ट नेपालमा मात्रै भए जस्तो यहाँ कम्युनिष्ट पार्टीहरू गन्ने हो भने दुइवटा हातका औँलाले पनि पुग्दैन । त्यसमा पनि विचारको कुरा गर्ने हो भने एउटै पार्टीभित्र दशथरिका विचारहरू स्थापित भएका छन् ।
यसरी विश्वका कम्युनिष्टहरूले मान्ने लेलीनवादी संगठनात्मक सिद्धान्तमा उल्लेख भए बमोजिम भनिइको छ । ‘सामुहिक नेतृत्व र व्यक्तिगत उत्तरदायित्व’को आधारमा पार्टी अगाडि बढ्नु पर्ने हो । नेपालको कम्युनिष्ट पार्टीहरूमा त्यो देखिएको छैन । जहाँ अराजकता मौलाएको छ । लेलीनवादी संगठनात्मक सिद्धान्तको उपहास भएको छ । यो हुनुको मुख्य कारण भनेको अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलन असर हो ।
विश्वका कम्युनिष्ट आन्दोलनको कुरा गर्दा जहाँबाट साम्राज्यवादीहरूको उत्पत्ति भएको छ । त्यही साम्राज्यवादीहरूले स्थापना गरेको कम्युनिष्ट पार्टीलाई हामी विश्वको नेतृत्व गर्ने कम्युनिष्ट पार्टी हो भनेर पुकार गरिहेका छौँ । यसको उदाहरण भनेको नेपालको जनयुद्ध उत्कर्षको पुगिरहेको बेला तिनै विश्व कम्युनिष्ट आन्दोलनको नेतृत्व गरिरहेको अन्तर्राष्ट्रिय कम्युनिष्ट संगठन (रिम) ले नै नेपालको जनयुद्धलाई सम्झौतामा पु¥याएको हो ।
त्यसो हो भने किन यस्तो भयो त ? यो पनि हामीले जान्न जरुरी छ । विश्व दुई धु्रवमा विभाजित भएको बखतमा हामीले के बुझन् जरुरी छ भने साम्राज्यवादी सत्ताले विभिन्न स्वार्थमा संगठनहरूको स्थापना गर्ने गर्दछन् । साम्राज्यवादी शक्ति केन्द्रले स्थापना गरेको संगठनले उसैको हितमा काम गर्दछ । यो हामीले बुझ्न जरुरी छ ।
जतिबेला नेपालमा जनयुद्ध भइरहेको थियो । त्यतिबेला तिनै अन्तर्राष्ट्रिय कम्युनिष्टको जालोबाट नै हतियार आएको हो । साम्राज्यवादीहरू जहिले पनि आफूलाई सुरक्षित हुन चाहन्छन् । जसले गर्दा अहिले नेपालका माओवादीहरूलाई जेल हाल्ने कुरा जलिरहँदा तिनीहरू कुनै प्रकारका प्रतिव्रिmया जनाइरहेका छैनन् । यो नै उनीहरूको षड्यन्त्र र रणनीति हो ।
नेपालमा विदेशी कम्युनिष्टहरूले किन यसरी खेलीरहेका छन् त ? त्यो त हामीले खेल्न दिएका छौँ । हामी सर्वहारावर्गको पार्टी बनाउने कुरा गर्दछौँ अनि त्यसको नेतृत्व चाहिँ यहाँका दलाल तथा पुँजीपतिहरूलाई दिन्छौँ । त्यसको पछिल्लो उदाहरण भनेको डाक्टर बाबुराम भट्टराईको नेतृत्वमा नयाँ शक्तिको उदय हो । जसले कम्युनिष्ट आन्दोलनलाई प्रयोग गरेर आफ्नो छवि बनाए । यसरी हामी निकै ठुलो भुल गरिहेका छौँ ।
विगतमा इतिहास हेर्ने हो केशरजंग रायमाझी, मनमोहन अधिकारी, मदनकुमार भण्डारी, आनन्दसन्तोषी राई लगायतका नेताहरूलाई हे¥यौँ भने हामीले देख्न सक्छौँ कि यिनीहरू वास्तविक रुपमा सर्वहारा जनताको नेतृत्व थिए त ? अहँ थिएन र आज पनि छैन । आज पनि हामी देख्न सक्छौँ कम्युनिष्ट पार्टीका नेतृत्व गरिरहेका व्यक्तिहरूको प्रवृत्ति कस्तो छ । उनीहरूको प्रवृति यो समाजमा रहेका साम्भ्रान्त शासक वर्गको भन्दा कम छैन ।
यसै कारणले गर्दा नेपालको कम्युनिष्टहरू एक ठाउँमा हुन सकिरहेका छैनन् । नेपालको कम्युनिष्टहरू यस्ता छन् कोही लोकतन्त्रमा जानै नमान्ने, कोही सङ्घीयतामा जानै नमान्ने, अनि कोही सङ्घीयता नभएको देशको विकास हुनै नसक्ने मत जाहेर गरिरहेका छन् । यसले के देखाउँछ भने नेपालमा एउटा यस्तो कम्युनिष्ट नेतृत्वको आवश्यकता भएको छ, जसले नेपालमा छरिएर बसेको कम्युनिष्ट पार्टीहरूलाई एउटै मालामा बाँध्न सकोस् । अनिमात्र नेपाली माटोमा वर्गीय मुक्तिको मुद्दालाई अगाडि बढाउन सकिन्छ ।
नेपाल यस्तो देश हो । जुन एक प्रकारको डाइनामाइट हो । यहाँ रहेका प्राकृतिक सम्पदाहरूलाई सही रुपमा सदुपयोग गर्नका लागि रचनात्मक केन्द्रीकृत नेतृत्वको आवयश्यक छ । जसको नेतृत्व नेपालको कम्युनिष्ट पार्टीहरूले मात्र गर्न सक्छन् । सामानान्तर रुपमा रहेको कम्युनिष्ट पार्टीहरूले यो वा त्यो रुपमा विलय, एकता साथै रुपान्तरण भएर दह्रो र बलियो कम्युनिष्ट पार्टीको निर्माण गर्नु पर्दछ । त्यसको जिम्मेवारी लिने नेपालका कम्युनिष्ट नेताहरूका काँधमा आएको छ । बेलैमा सोचेर एउटा इतिहास रचौँ जुन विश्व कम्युनिष्टको आधारशीला बन्न सक्छ । इतिहासको माग पनि यही हो ।