Logo

करको दर हेरफेर गरेर राष्ट्रका लागि घात गरेको छैन: शर्मा



काठमाडौँ, ५ साउन । निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले आफूले राष्ट्रका लागि कुनै घात नगरेको बताएका छन् ।

संसदीय विशेष छानबिन समितिको बिहीबारको बैठकमा उनले यस्तो बताएका हुन् ।

उनले गएको जेठ १४ गते मध्यराति करको दरमा हेरफेर नगरिएको जिकिर गरे । “करको दर हेरफेर गरेर राष्ट्रका लागि घात गरेको छैन,” शर्माले बैठकमा भने ।

चालु आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका शर्मासित समितिले छलफल गरेको हो ।

तत्कालीन अर्थमन्त्री शर्माले २०७९/०८० को बजेट बनाउने क्रममा अनधिकृत व्यक्तिलाई मध्यरातमा मन्त्रालयमा बोलाएर करका दर हेरफेर गरेको आरोप लागेको छ ।

प्रतिक्रिया दिनुहोस्