Logo

कराँचीमा बम विष्फोट: तीन चिनियाँसहित चार जनाको मृत्यु



पाकिस्तान, १३ वैशाख । पाकिस्तानको कराँची विश्वविद्यालयभित्र भएको आत्मघाती बम हमलामा तीन जना चिनियाँ नागरिकसहित चार जनाको मृत्यु भएको छ ।

विस्फोटमा कयौँ व्यक्ति घाइते भएका समाचार संस्था एएफपीले जनाएको छ ।

विश्वविद्यालयभित्र स्थानीय विद्यार्थीलाई चिनियाँ भाषा सिकाउने एक इन्टिच्युट नजिकै कारमा बम विष्फोट गराइएको खबरमा उल्लेख छ । चिनियाँ नागरिकलाई नै लक्षित गरेर बम विष्फोट गराइएको प्रारम्भिक जानकारी आएको प्रहरी स्रोतले जनाएको छ ।

कराँचीमा यसअघि पनि चिनियाँ नागरिकलाई लक्षित गरेर विष्फोटहरू हुँदै आएका थिए । घटनाको जिम्मेवारी बलुच लिवरेशस आर्मीले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्