Logo

‘करोडको गाडी चढेर जनताको समस्या देखिँदैन, आफ्नै पुरानाे माेटरसाइकल चढ्छु’



सुनसरी, ११ जेठ । ठूला राजनीतिक दल नेकपा एमाले र नेपाली कांग्रेसका धरानमा नाम चलेका उम्मेदवारलाई पराजित गर्दै स्वतन्त्रबाट मेयरमा विजयी भएका हर्कराज राई (साम्पाङ) ले उपमहानगरपालिकाको महँगो गाडी प्रयोग नगरि जनताको सेवा गर्ने प्रतिबद्धता जनाएका छन् ।

उनले जनताको सेवक भएकाले महँगो गाडी नचढ्ने र आफूसँग भएको पुरानो मोटरसाइकल चढेर जनताको सेवा गर्ने बताएका छन् । ‘म करोडौँ पर्ने गाडी चढेर हिँडे भने बाटोका खाल्डा र भत्केका सडक देखिँदैनन्, त्यसैले म सडकमै हिँडन चाहन्छु, किनकि ती भत्केका खाडल पुर्नेछु, बिग्रिएका बाटो मर्मत गर्नेछु’, उनले सामाजिक सञ्जालमा भनेका छन् ।

धरानमा सामाजिक सरोकारका विषयमा आवाज उठाउँदैँ आएका राईले सामाजिक सञ्जालबाटै समस्या परे फोन गर्न आफ्नो निजी नम्बर पनि दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्