Logo

कर्णालीकाे उपसभामुखमा न्याैपाने निर्वाचित



सुर्खेत, ४ माघ । कर्णाली प्रदेश सभाको उपसभामुखमा नेकपा माओवादी केन्द्रबाट यशोदा न्यौपाने निर्वाचित भएकी छन् ।

बुधवार प्रदेश सभामा भएको मतदानमा न्यौपाने २५ मत ल्याएर उपसभामुखमा निर्वाचित भएकी हुन् ।

नेकपा एमालेका १०, माओवादी केन्द्रका १३, राप्रपा र एकीकृत समाजवादीका एक-एक जना सांसदले मत दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्