Logo

कर्णालीका मुख्यमन्त्री शर्माद्वारा शपथ ग्रहण



सुर्खेत, २८ पुस । कर्णालीका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्माले बिहीबार शपथ ग्रहण गरेका छन् ।

मुख्यमन्त्री शर्माले कर्णाली प्रदेश प्रमुख तिलक परियारसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

शर्मालाई प्रदेश प्रमुख परियारले बुधबार कर्णाली प्रदेशको मुख्यमन्त्री नियुक्त गरेका थिए । माओवादी केन्द्रका शर्मालाई नेकपा एमालेसहितको गठबन्धनले मुख्यमन्त्रीको दावीमा समर्थन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्