Logo

कर्णालीका मुख्यमन्त्री शर्मालाई तेस्राे पटक विश्वासकाे मत



सुर्खेत, १५ वैशाख । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले तेस्रो पटक विश्वासको मत लिएका छन् ।

आज शुक्रवार बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री शर्माले विश्वासको मत लिएका हुन् ।

उनलाई नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र (देवराज शाही) एक/एक जना गरी २९ जना सांसदले विश्वासको मत दिएका छन् ।

४० सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि २१ जनाको समर्थन आवश्यक थियो । नेकपा एमालेका नौ र राप्रपाका एक जनासहित १० जना सांसदले उनको विपक्षमा मतदान गरेका हुन् ।

नेकपा एमालेको समर्थनमा गएको पुसमा मुख्यमन्त्री बनेका शर्माले प्रदेश सरकारमा रहेको एमाले बाहिरिएपछि विश्वासको मत लिनु परेको हो । पहिलोपल्ट एमाले र राप्रपासहितको विश्वासको मत लिएका शर्माले राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि दोस्रो पटक विश्वासको मत लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्