Logo

कर्णालीमा सभामुख र उपसभामुखको चुनाव माघ १ गते



सुर्खेत, २६ पुस । कर्णाली प्रदेशसभाको सभामुख पदको चुनाव आगामी माघ १ गते हुने भएको छ ।

कर्णाली प्रदेशसभाको सोमबार बसेको बैठकमा ज्येष्ठ सदस्य विनोदकुमार शाहले सभामुखको चुनाव माघ १ गते बिहान ११:०० बजेका लागि तोकेका हुन् ।

उनले कर्णाली प्रदेशसभा नियमावली, २०७९ को नियम ७ को उपनियम १ बमोजिम चुनावको मिति तथा समय तोकेका छन् ।

चुनावको मिति तोकेसँगै प्रदेशसभा सचिव जीवराज बुढाथोकीले यही पुस ३० गतेबाट सभामुखको निर्वाचन प्रक्रिया सुरुआत गर्ने र माघ १ गते बिहान ११:०० सभाको बैठक प्रारम्भ, मत विभाजन र परिणाम घोषणा गर्ने गरी सूचना जारी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्