सुर्खेत, २७ पुस । कर्णाली प्रदेश सरकारमा दाबी पेश गर्ने समय बुधबार सकिँदै छ ।
प्रदेश प्रमुख तिलक परियारले अपराह्न ५ बजेसम्म सरकारमा दाबी गर्न समय दिएका छन् ।
प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने सदस्यले मुख्यमन्त्रीका लागि दाबी पेश गर्नु पर्नेछ ।
४० सदस्यीय कर्णाली प्रदेश सभामा पाँच दल र एक स्वतन्त्र सांसद सहभागी छन् । नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १० जना सांसद छन् । यस्तै, राप्रपा र एकीकृत समाजवादीका एक-एक सांसद छन् । एक स्वतन्त्र सांसद छन् ।







