Logo

कर्णाली नदीमा ट्र्याक्टर खस्दा चालक बेपत्ता



कालिकोट, २ असार । कालीकाेटमा कर्णाली नदीमा ट्र्याक्टर खस्दा एक जना बेपत्ता भएका छन् ।

कर्णाली करिडोर अन्तर्गत मुगुबाट सुर्खेत जाँदै गरेको भे १ त ६८१ नम्बरको ट्र्याक्टर पचालझरना गाउँपालिकाको महखोला नजिकैबाट कर्णाली नदीमा खसेकाे हाे ।

ट्र्याक्टरका चालक खत्याड-६ मुगुका तिलकराज बुढथापा नदीमा बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डीएसपी जयश्यर रिमालले बताए । बेपत्ता थापाको खोजी भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्