Logo

कर्णाली पुलबाट एक सातापछि गाडी चल्न थाले



बर्दिया, ५ चैत । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत लुम्बिनी प्रदेशको बर्दिया र सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लाको सिमानामा रहेको कर्णाली चिसापानी पुलबाट गाडी चल्न थालेका छन् ।

एक हप्ताअघि लाइटर बोकेको ट्रकमा एक्कासी आगलागी भएपछि अवरुद्ध भएको कर्णाली चिसापानी पुलबाट आज बिहान ९ बजेदेखि गाडी चल्न थालेका हुन् ।

जिल्ला समन्वय समिति बर्दियाका प्रमुख सूर्यबहादुर बिष्ट, ठाकुरबाबा नगरपालिकाका मेयर तिलकराम लम्साल, उपमेयर बिनाकुमारी भट्टराई, बर्दियाका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेल, लम्किचुहा नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष लव शाही लगायतको टोली कर्णाली चिसापानी पुलमा पुगेर स्थलगत अनुगमनपछि साना-ठूला गाडी आउजाउ गर्न दिइएको हो ।

आवागमन सञ्चालन भए पनि निर्माणकार्य भइरहेकाले पुलमा एकतर्फी रुपमा पालैपालो संचालन गराउन दुवैतर्फ ट्राफिक प्रहरी खटिएका प्रमुख जिल्ला अधिकारी खरेलले जानकारी दिए । एउटा मात्रै पिलरमा अडिएको कर्णाली चिसापानी पुल २०५० साल मंसिर २८ गते निर्माण बनेको हो ।

अघिल्लो हप्ताको सोमबार लाइटर बोकेको ट्रक पुलमा पुग्दा आगलागी भएपछि पुलमा रहेका फलामे तारका लठ्ठा जल्दा गाडी आवागमन अवरुद्ध भएको थियो ।

प्रतिक्रिया दिनुहोस्