Logo

कर्णाली पुलमाथि गुडिरहेको ट्रकमा आगलागी



कैलाली, २८ फागुन । सुदूरपश्चिम प्रदेशको प्रवेशद्वार कर्णाली चिसापानी पुलमा गुडिरहेको ट्रकमा एक्कासि आगलागी हुँदा कर्णाली नदीको पुलमा आगो सल्किएको छ ।

आज साँझ करिब ५ बजे लाइटर बोकेको ट्रकमा एक्कासि आगलागी भएपछि चालकले पुलको मुखमा ट्रक रोकेका थिए । इलाका प्रहरी कार्यालय चिसापानीका अनुसार पूर्वबाट पश्चिमतर्फ गइरहेको ना ५ ख ५२९७ नम्बरको ट्रकमा लागेको आगो पुलको तारमा सल्केपछि आगो नियन्त्रणमा समस्या भएको छ ।

लम्कीचुहा नगरपालिकाको दमकलले आगो निभाउन सम्भव नभएपछि अहिले बर्दिया र घोडाघोडीबाट समेत दमकल मगाएर आगो नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ । आगलागीबाट मानवीय क्षति भने भएको छैन । पुलमा ट्रक जलिरहेकाले पूर्व-पश्चिम राजमार्गको यातायात अवरुद्ध भएको छ ।

प्रतिक्रिया दिनुहोस्