कर्णाली, १२ भदौ । कर्णाली प्रदेश सरकारका दुई मन्त्रीले आज राजिनामा दिएका छन् ।
नेकपा (माओवादी केन्द्र)बाट सरकारमा सहभागी आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्ट र जलस्रोत तथा ऊर्जा विकास मन्त्री गणेशप्रसाद सिंहले राजिनामा दिएका हुन् ।
माओवादी केन्द्र संसदीय दलले उनीहरूलाई सरकारबाट फिर्ता बोलाएपछि मन्त्री पदबाट राजिनामा दिएका हुन् । राजिनामा पत्र बुझे लगत्तै मुख्यमन्त्री जीवनबहादुर शाहीले दुवैको राजिनामा स्वीकृत गरी सकेका छन् ।







