Logo

कर्णाली प्रदेशका मुख्यमन्त्री शर्माले विश्वासको मत लिँदै



सुर्खेत, १७ चैत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज दोश्रो पटक विश्वासको मत लिँदैछन् । विश्वासको मत लिनका लागि अपरान्ह तीन बजे बैठक बोलाइएको छ ।

मुख्यमन्त्रीको रुपमा माघ ६ गते पहिलोपटक विश्वासको मत लिएका शर्माले राप्रपाले सर्मथन फिर्ता लिए पछि पुन विश्वासको मत लिन लागेका हुन् ।

कर्णाली प्रदेश सरकारमा अहिले नेकपा एमाले र माओवादी सहभागी छन् । केन्द्रमा सत्ता गठबन्धनमा भएको फेरबदलसँगै कर्णालीमा एमालेले के गर्ला भन्ने चासो बढन थालेको छ। नेकपा एमालेले भने कर्णालीमा समर्थन फिर्ता लिएको छैन ।

एमालेसहित राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादीसहित २५ सांसदको समर्थनमा शर्मा पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । माघ ६ गते नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका ९, राप्रपा, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र एक-एकजना सांसद गरी २५ सांसदको विश्वासको मत पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्