Logo

कर्णाली प्रदेशका मुख्यमन्त्री शर्माले शुक्रवार विश्वासको मत लिने



सुर्खेत, १० वैशाख । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आउँदो शुक्रवार प्रदेश सभामा विश्वासकाे मत लिने भएका छन्  ।

शर्माले प्रदेश सभा सचिवालयमा पुगेर विश्वासको मत लिने पत्र दर्ता गराएका हुन् ।

शर्माले यसअघि दुई पटक विश्वासकाे मत लिइसकेका छन् । पहिलो पटक माघ ६ गते विश्वासको मत लिएका शर्माले चैत १७ गते दोस्रो पटक विश्वासको मत लिएका थिए ।

चैत २७ गते एमालेले समर्थन फिर्ता लिएपछि उनले तेस्रो पटक विश्वासकाे मत लिन लागेका हुन् । एमालेले समर्थन फिर्ता लिएपछि कांग्रेस कर्णाली प्रदेश सरकारमा सहभागी भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्