Logo

कर्णाली प्रदेशको सभामुखमा एमालेकी गुरुङ विजयी



सुर्खेत, १ माघ । कर्णाली प्रदेशको सभामुखमा नेकपा एमालेकी सांसद नन्दा गुरुङ विजयी भएकी छन् ।

आइतवार भएको मतदानमा गुरुङले २४ मत प्राप्त गरिन् भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका खड्गबहादुर पोखरेलले १४ मत प्राप्त गरेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

एमालेकी गुरुङलाई एमालेको १०, नेकपा माओवादी केन्द्रको १३ र राप्रपाको एक मत प्राप्त भएको छ ।

४० सदस्यीय प्रदेश सभामा ३८ जनाले मतदानमा भाग लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्