Logo

कर्णाली प्रदेश प्रमुखको कार्यभार लुम्बिनी प्रदेश प्रमुखलाई



सुर्खेत, १४ असोज । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले कर्णाली प्रदेश प्रमुखको कार्यभार पनि सम्हाल्ने भएका छन् ।

कर्णाली प्रदेशका प्रमुख तिलक परियार क्यानडाको ओटावामा हुने कार्यक्रममा भाग लिन जान लागेकाले शेरचनले उनको अनुपस्थितिमा कर्णाली प्रदेश प्रमुखको कार्यभार सम्हाल्ने जिम्मेवारी पाएका हुन् ।

परियार असोज १९ र २० गते आयोजना हुने कार्यक्रममा सहभागी हुन जापान जान लागेका छन् ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले जिम्मेवारी तोकेकी हुन् ।

1_प्रदेश प्रमुखको कार्यभार_2079_विज्ञप्ति (1)1664539978.jpg

प्रतिक्रिया दिनुहोस्