Logo

कर्णाली राजमार्ग अवरुद्ध



कर्णाली, १ असोज । कर्णाली राजमार्ग अन्तर्गत दैलेख र कालिकोट खण्डका विभिन्न भागमा पहिरो गएपछि कर्णाली राजमार्ग अवरुद्ध भएको छ ।

दैलेखको दुल्लु नगरपालिका-३ बोटखोला, चामुण्डा बिन्दासैनी नगरपालिका-७ रामाघाट, गुराँस गाउँपालिका-६ जिरोपन्ट, केराबारीमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो ।

त्यस्तै कालिकोट खण्ड अन्तर्गत पर्ने खाडाचक्र नगरपालिका-१ सुनारखोला र खाँडाचक्र-५ को मौलाकाटियामा पहिरो गएको छ । सुर्खेतको बराहताल गाउँपालिका-७ कल्यानमा पहिरो गएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्