Logo

कसैलाई मेरो अभिव्यक्तिले चोट पुगेको भए क्षमा चाहन्छु: स्थापित



काठमाडौँ, २७ वैशाख । एमालेबाट काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिएका केशव स्थापितले आफ्नो अभिव्यक्तिले कसैलाई चोट पुगेको भए क्षमा मागेका छन् ।

काठमाडौँमा मंगलबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले आफ्नो अभिव्यक्ति र लेखाइबाट कसैलाई चोट पुगेको भए क्षमा चाहेको बताए । ‘मेरो अभिव्यक्तिले कसैलाई चोट पुगेको सुनेँ । कसैलाई मेरो अभिव्यक्ति र लेखाइले चोट पुगेको भए माफी चाहन्छु,’ स्थापितले भने।

आफू निर्वाचित भएमा दलित र अपांगता भएका विद्यार्थीलाई निःशुल्क शिक्षाको व्यवस्था गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्