भक्तपुर, २३ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन कुहिसकेको बताएका छन् ।
भक्तपुरको सिपाडोलमा बुधबार शान्ति निकेतल माध्यमिक विद्यालयको समुदघाटन तथा हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धनको औचित्य समाप्त भएको बताएका हुन् । ‘कसैले अब चिन्ता नगरौं, घाम लाग्छ,’ उनले भने ।
अध्यक्ष ओलीले चोभारमा सुक्खा बन्दरगाह उदघाटन गरेकोमा प्रधानमन्त्री शेरबहादुर देउवालाई धन्यवाद दिए । उनले भने, ‘थ्याङ्क्स गोज टू शेरबहादुर देउवा, त्यतिबेला बन्दरगाह शिलान्यास गर्न नदिने कांग्रेस नै थियो ।’
कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेतले पार्टी भनेकै नेकपा एमाले र नेता भनेकै केपी ओली भएको उल्लेख गरेका थिए ।