Logo

काँकरभिट्टा क्याम्पसको स्ववियु अध्यक्षमा नेविसंघका तामाङ विजयी



मेचीनगर, ११ चैत । काँकरभिट्टा बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका विशाल तामाङ निर्वाचित भएका छन् ।

शुक्रबार राति सम्पन्न मत परिणाम अनुसार सभापतिमा तामाङ २५० मत ल्याएर विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धीहरु अनेरास्ववियू (एस)का सभापतिका उम्मेदवार विनम सरदारले १९० र अनेरास्ववियु (एमाले)का रोशन भुजेलले ४८ मत प्राप्त गरेको निर्वाचन समितिका संयोजक हेमकुमार खड्काले बताए ।

त्यस्तै सचिव पदमा नेविसंघका उम्मेदवार सुवास खत्रीले १८२ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धीहरु अनेरास्वावियू (एस) का सुरज राजबंशीले १६९ र अनेरास्ववियु (एमाले) का सन्देश पौडेलले १३५ मत ल्याएका छन् ।

त्यसैगरी कोषाध्यक्ष पदमा अनेरास्वावियू (एस)की अनुषा अर्यालले १६९ मत ल्याएर विजयी भएकी छन् । उनका प्रतिस्पर्धीहरु अनेरास्ववियु (एमाले) की प्रतिमा रिजालले १४६ र नेविसंघकी निषा धमलाले १३५ मत मात्र प्राप्त गरेकी छन् ।

यस्तै सदस्य पदमा नेविसंघका उम्मेदवारहरु निर्वाचित भएका छन् । नेविसंघका रिया ढुंगानाले २०७, सुरज राई २४५, बरदान खड्काले १८१, अन्कित चौलगाईले १८५ र सुरज चिमरियाले २१७ मत ल्याएर विजय भएका हुन् ।

त्यसैगरी समानुपातिकतर्फ जम्मा ५०५ मत गणना हुँदा नेविसंघको २१७, अनेरास्ववियु (एमाले) को ११६, अनेरास्ववियू (एस)को ११०, राप्रविसंघ ३० र  माओवादी निकट अखिल क्रान्तिकारीले २६ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्