Logo

काँकरभिट्टा माविको क्यान्टिनमा खाजा खाएका ३१ जना विद्यार्थी विरामी



मेचिनगर, ९ भदौ । मेचिनगर-६ स्थित काँकरभिट्टा माध्यमिक विद्यालय परिसरभित्र रहेको क्यान्टिनमा खाजा खाएका ३१ जना विद्यार्थीहरु विरामी परेका छन् ।

बिहीबार दिउँसो विद्यालय परिसरभित्रको क्यान्टिनमा खाजाको रुपमा छोलामुरै खाएका ३१ जना विद्यार्थीहरु एकाएक विरामी परेपछि उनीहरुलाई उपचारका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर लगिएको छ ।

कक्षा १ देखि ६ सम्म अध्ययनरत विद्यार्थीहरुलाई विरामी परेको र क्यान्टिन सञ्चालक नारायण विष्टलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डीएसपी ज्ञानकुमार महतोले जानकारी दिए । चिकित्सकका अनुसार विद्यार्थीहरुलाई फुडपोइजन भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्