Logo

काँग्रेसका नेताले कार्यकर्तालाई गन्तव्य हीन बनाए: केपी ओली



पोखरा, २६ वैशाख । नेकपा एमालेका नेता एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेसका नेताहरूले कार्यकर्तालाई गन्तव्य हीन बनाएको बताएका छन् ।

आज पोखरामा भएको एमालेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओली भने ‘काँग्रेसका नेताहरूले कार्यकर्तालाई गन्तव्य हीन बनाए । अब चितवनमा कसले कहाँ भोट हाल्छ थाहा छैन कसैले अण्डामा कसैले बाल्टीमा कसरी मन थामेको होला ।’

ओलीले बिपी कोइराला अहिलेसम्म हुनुहुन्थ्यो भने नेपाली काँग्रेस परित्याग गर्ने बताएका छन् । उनले गणेशमान सिंह, कृष्ण प्रसाद भट्टराईले अन्तिम समयमा त्यत्तिकै पार्टी नछाडेको बताए ।

‘कृष्ण प्रसाद भट्टराईले अन्तिम समयमा त्यत्तिकै पार्टी छाड्नुभएको होइन । गणेशमान जीले अन्तिम समयमा त्यत्तिकै पार्टी छाड्नुभएको होइन’,उनले भने ।

 

प्रतिक्रिया दिनुहोस्