Logo

काँग्रेसका बागी उम्मेदवार पाँच वर्षका लागि निष्कासित



काठमाडौँ, २६ असोज । नेपाली काँग्रेसले प्रतिनिधि र प्रदेशसभामा सत्ता गठबन्धनका साझा उम्मेदवारविरुद्ध बागी उम्मेदवारसहित समर्थक र प्रस्तावलाई पार्टीबाट निष्कासित गरेको छ । काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बुधबार एक विज्ञप्ति जारी गर्दै बागी उम्मेदवारसहित समर्थक र प्रस्तावलाई ५ वर्षका लागि पार्टीबाट निष्कासित गरिएको उल्लेख गरेका छन् ।

गठबन्धनका आधिकारीक उम्मेदवारविरुद्ध उम्मेदवारी दिइ तोकिएको मिति र समय भित्र आफ्नो उम्मेदवारी फिर्ता नलिए पार्टीको विधान २०१७ (संशोधनसहित)को धारा ३४ (१) (घ) उल्लघंन गरेकोमा कारबाही गरिएको विज्ञप्तिमा उल्लेख छ । काँग्रेसले उनीहरुलाई विधानको धारा ३४ (४) (क) अनुसार काँग्रेसको सदस्य समेत नरहने गरी ५ वर्षका लागि निस्कासन गरेका छ ।

प्रतिक्रिया दिनुहोस्