काठमाडौँ, ३० फागुन । नेपाली काँग्रेस बाराको सभापति पदमा राजेशराय यादवले एक हजार २०६ मतप्राप्त गरी निर्वाचित भएका छन् । उनको प्रतिद्वन्द्वी शम्भुबहादुर बुढाथोकीले एक हजार १५४ मत पाएका छन् ।
प्रमुख निर्वाचन अधिकृत गङ्गेश्वरप्रसाद अधिकारीले निर्वाचनमा २९ मत भने बदर भएको जानकारी दिए । नवनिर्वाचित सभापति यादवले पार्टीका नेता तथा कार्यकर्ता सबैलाई मिलाएर अगाडि बढ्ने प्रतिबद्धता व्यतm गरेका छन् । उनले भने, “ स्थानीय तहका निर्वाचनमा काँग्रेसलाई पहिलो पार्टी बनाउन मिलेर जानुपर्छ ।”
यसैगरी नेपाली काँग्रेस सिन्धुपाल्चोक सभापति पदमा जङ्गबहादुर लामाले ९१२ मत प्राप्त गरी विजयी भएका छन् । नेता जङ्गबहादुरका प्रतिद्वन्द्वी वंशलाल तामाङले ८४८ मत प्राप्त गरेका थिए । निर्वाचन समितिका अनुसार सो पदमा आइतबार दोस्रो चरणको मतदान भएको थियो । मतदानमा १७८३ मत खसेको थियो ।