Logo

काँग्रेसलाई प्रमुख विपक्षी दलको मान्यता



काठमाडौँ, ९ माघ । संघीय संसद् सचिवालयले नेपाली काँग्रेसलाई प्रमुख विपक्षी दलको मान्यता दिएको छ ।

काँग्रेस संसदीय दलको कार्यालयलाई पत्र लेखी संसदीय दलका नेता शेरबहादुर देउवालाई विपक्षी दलको नेताको हैसियतमा सेवा सुविधा प्राप्त हुने जानकारी गराएको हो ।

सचिवालयका उपसचिव रामहरि थापाले उक्त पठाएका हुन् ।

गत साता नेपाली काँग्रेसले संसद् सचिवालयमा आफ्नो दललाई विपक्षी दलको मान्यता दिई सेवा सुविधा उपलब्ध गराउनुपर्ने माग गर्दै पत्र पठाएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएपछि काँग्रेसले प्रमुख विपक्षी दलको हैसियत गुमाउने भन्दै विभिन्न टिप्पणी भएका थिए ।

अब संसद् सचिवालयले पत्र पठाई काँग्रेसलाई विपक्षी दलको सेवा सुविधा उपलब्ध हुने उल्लेख गरेपछि यो विवाद टुंगिएको छ ।

प्रतिक्रिया दिनुहोस्