Logo

काँग्रेसले नीतिगत नेतृत्वको सामथ्र्य गुमाइसक्योः महासचिव पोखरेल



विराटनगर, २३ साउन । नेकपा एमालेका महासचिव शंकर पोखरेलले संसदमा अगाडि बढेको प्रधानन्यायाधीश महाअभियोग प्रकरणमा एमालेले सत्ता गठबन्धनले ल्याएका प्रमाणहरू अध्ययन गर्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पोखरेलले आफू चोखो हुँ भनेर देखाउनका लागि सत्ता गठबन्धनले प्रधानन्यायाधीशमाथि महाअभियोग लगाएको समेत आरोप लगाए ।अहिलेको महाअभियोग प्रकरणमा प्रधानमन्त्री स्वच्छ हुने प्रधानन्यायाधीश चाहिँ मुछिने भन्ने अवस्था नदेखिएको समेत उनले बताए ।

स्थानीय तहको मत परिणाम हेर्दा पनि पूर्ण गठबन्धनले ल्याएको मत अहिले एमालेले ल्याउने महासचिव पोखरेलको दावी छ । काँग्रेसले नीतिगत नेतृत्वको सामथ्र्य गुमाएको आरोप लगाएका छन् ।

‘नेपाली काँग्रेसबाट नेपाली जनताले नीतिगत नेतृत्व अपेक्षा गर्न सक्दैनन्,’ उनले भने,‘अहिलेको गठबन्धन भनेको नीति विहीनता, अवसर वाद र स्वार्थको हो भन्ने पुष्टि भएकाले काँग्रेस प्रति जनताको मोह छैन ।’ एमालेले सरकार छोड्दा मुलुकका शोधान्तर स्थिति बचतको अवस्थामा रहेको उनले बताएका छन् ।

‘शोधान्तर स्थिति ७०/८० अर्ब बचत रहे पनि अहिले पौने ३ खर्व घटेको देखिन्छ,’ उनले भने ‘वैदेशिक मुद्राको संचिति ११ महिनाको वस्तु र सेवा आयत गर्ने अवस्था थियो । अहिले घटेर ६ महिनामा आइपुगेको छ । यही सरकार १ वर्षसम्म रहिरहने हो भने श्रीलङ्का जस्तो अवस्थामा पुग्न सक्थ्यो । अगाडि नै चुनाव घोषणा गरेकाले अब चुनाव पछि एमालेको नेतृत्वको सरकारले सुधार गर्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्