काठमाडौँ, ५ साउन । नेपाली काँग्रेसले संसदीय दलको बैठक बोलाएको छ।
बैठक संघीय संसद भवनको ल्होत्से हलमा आइतबार १२ बजे बस्ने गरी बोलाएको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनुहुने विषय लगाएत समसामयिक विषयमा छलफल हुने जनाइएको छ।
कांग्रेसले संसदीय दलको बैठकमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन ह्वीप जारी गर्ने बताइएको छ ।
प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने कार्यक्रम छ । भोलि बस्ने प्रतिनिधिसभाको बैठकमा ओलीले विश्वासको मत लिँदै हुनुन्छ।
आइतबार दिउँसो १ बजेका लागि प्रतिनिधिसभाको बैठक बोलाइएको संसद् सचिवालयले जनाएको छ ।