Logo

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै



काठमाडौँ, २१ पुस । राष्ट्रियसभाको निर्वाचन लगायतका विषयामा छलफल गर्न नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले मुलुकको समसामयिक राजनीतिक घटनाक्रम र राष्ट्रियसभाको निर्वाचनका सन्दर्भमा छलफल गर्न बैठक आह्वान गरिएको बताए ।

 

प्रतिक्रिया दिनुहोस्