काठमाडौँ, २२ फागुन । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज अपराह्न तीन बजे बस्ने भएको छ । बैठक सभापति शेरबाहदुर देउवा निवास बुढानीलकण्ठमा बस्ने पार्टी सचिवालयले जनाएको छ ।
आजको बैठकमा नयाँ समीकरणबारे समीक्षा हुनुका साथै गठबन्धन भत्किनुको कारण र धारणाबारे पनि समीक्षा हुने बताइएको छ ।





