Logo

काँग्रेस केन्द्रीय समितिको बैठक आजपनि



काठमाडौँ, २८ असार । नेपाली काँग्रेस सोमबारदेखि सुरु भएको केन्द्रीय कार्यसमितिको बैठक मुख्यालय सानेपामा आज दिउँसो १ बजे पुनः बस्ने भएको छ ।

सोमबारको बैठकमा स्थानीय निर्वाचन परिचालन समिति र प्रचारप्रसार समितिको प्रतिवेदन पेस गरिएको छ । बैठकको पहिलो दिन सात वटै प्रदेशका पार्टी सभापतिले आ–आफ्नो क्षेत्रको रिपोर्टिङ गर्नुका साथै धारणा राखेका छन् ।

बैठकमा भातृ तथा शुभेच्छुक संस्थालाई पूर्णता दिने, विभाग गठन लगायत विविध एजेण्डामा पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा छलफल हुने छ । सोमबारको छलफलमा गठबन्धन गर्न नहुने कोणबाट प्रदेश सभापतिले धारणा व्यक्त गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्