काठमाडौं, १६ असार । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा पार्टी सभापति शेरबहादुर देउवासहित पदाधिकारीहरूलाई कडा प्रश्नहरू उठाउँदै महाधिवेशन, गठबन्धन र अनुशासन समितिका निर्णयहरूमा गम्भीर चासो व्यक्त गगर्नुभएको छ।
सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सम्पन्न बैठकमा उहाले पार्टी एकताको पक्षमा आफ्नो दृढ अडान दोहोर्याउँदै नेतृत्वलाई जवाफदेही बनाउन जोड दिनुभयो।
डा। कोइरालाले १५औँ महाधिवेशन २०८२ मंसिरमै गर्नुपर्नेमा जोड दिँदै ढिलाइको कारणबारे सभापति र पदाधिकारीले चित्तबुझ्दो जवाफ दिनुपर्ने बताउनुभयो।
“पदाधिकारी साथीहरू महाधिवेशनका लागि जोडतोडले घुमिरहनुभएको छ, तर समयमै महाधिवेशन नहुने हो भने कारण खुलाउनुपर्छ,” उहाले भन्नुभयो।
कोइरालाले २०७९ को निर्वाचनमा माओवादी केन्द्रसँगको गठबन्धन र हालको एमालेसँगको सत्ता सहकार्यको औचित्यमाथि प्रश्न उठाउनुभयो।
उहाले काँग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने आफ्नो अडान रहेको स्मरण गर्दै एमालेलाई सत्ता नेतृत्व किन दिइयो भनी प्रश्न गर्नुभयो। “संविधान संशोधनका लागि गठबन्धन हो भने सात बुँदे सहमतिको मुद्दा कहाँ पुग्यो रु” उहाले सभापतिसँग जवाफ माग गर्नुभयो।
उनले पर्सा–१ मा गठबन्धनका नाममा लोकतान्त्रिक समाजवादी पार्टीलाई सिट दिँदा काँग्रेस बलियो स्थान गुमाएको, बारा–२ को उपचुनावमा उपेन्द्र यादवलाई टिकट दिएको र मधेस प्रदेशमा काँग्रेसको नेतृत्वमा सरकार बन्ने तर्क असफल भएको भन्दै नेतृत्वको निर्णय प्रक्रियामाथि असन्तुष्टि व्यक्त गर्नुभयो।