काठमाडौँ, १५ पुस । प्रदेश नं. १ को नेपाली कांग्रेस संसदीय दलको नेतामा उद्धव थापा निर्वाचित भएका छन् । कृष्ण प्रसाद सिटौला निकट थापा महामन्त्री विश्वप्रकाश शर्माको समेत सहयोगमा निर्वाचित भएका हुन् ।
आज भएको निर्वाचनमा थापाले १८ मत प्राप्त गरेका छन् भने शेखर कोइराला निकट केदार कार्कीले ९ मत र संस्थापन पक्षका अमृत अर्यालले २ मत पाएका छन् । संसदीय दलको नेतामा निर्वाचित थापा समानुपातिक प्रदेश सभा सदस्य हुन् । काँग्रेस झापा जिल्लाका पूर्व सभापति थापा हाल काँग्रेस प्रदेश समिति सभापति छन् ।







