Logo

काँग्रेस महामन्त्री थापाको आह्वान-विधेयक सच्याउँछौँ, विद्यालय बन्द नगरौं



काठमाडौँ, ४ असोज । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले शिक्षकलाई आन्दोलन फिर्ता लिन आग्रह गरेका छन् । महामन्त्री थापाले सामाजिक सञ्जालमा अपिल गर्दैै विद्यालय बन्द गर्ने अप्रिय बाटो अवलम्बन नगरी आन्दोलनको स्वरूप परिवर्तन गर्न शिक्षक महासंघ लगायतलाई आग्रह गरेका छन् ।

सांसदको भूमिका एवं विवेकमाथि विश्वास गरेर रचनात्मक ढंगले समाधानको खोजीका लागि मद्दत गर्न महासंघसँग थापाले अनुरोध गरेका छन् ।

नेपाल शिक्षक महासंघको नेतृत्वमा राजधानी केन्द्रित सडक संघर्ष सुरु भएको छ । महासंघको आह्वानमा असोज ३ गतेदेखि सुर भएको आन्दोलनमा शिक्षक सम्बन्ध संगठन सहभागी भएका छन् ।

विद्यालय शिक्षा विधेयकमा थुप्रै सुधार आवश्यक छ, संसदमा हामी यसलाई सच्याउने नै छौं, विद्यालय बन्द नगरौं,’ भन्ने महामन्त्री थापाले सामाजिक सञ्जालमार्फत प्रतिवद्धता व्यक्त गरेका छन् ।

थापाले जोड दिँदै लेखेका छन्, ‘विद्यालय शिक्षा सम्बन्धी विधेयकमा अनेकन् कमजोरी भएको उल्लेख गरेका छन् । ‘सुधार गर्नै पर्नेछ । संसदमा दर्ता भइसकेपछि अब यो विधायिकाको कर्तव्य र जिम्मेवारी हो ।’

प्रतिक्रिया दिनुहोस्